समायोजन खबर,
छिमेकि मुलुक भारतमा कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेका छन् । पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ ।| करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको अवस्थामा चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै कुटपिट गरिएको छ ।
उनलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेपछि टिएमसीका कार्यकर्ताले ‘फर्केर जाऊ’ भन्दै नारा लगाएका थिए। त्यसपछि केही कार्यकर्ताले मजुमदरलाई धकेलेर लात्ताले हानेको भिडिओ सार्वजनिक भएको छ। प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो। तृणमूलका नेताहरूले मजुमदरले शान्त वातावरण बिगारेको आरोप लगाएका छन् ।
भाजपाका नेता मुकुल रायले निर्वाचन आयोगलाई पत्र लेखेर आक्रमणबारे जानकारी गराएका छन् |। ‘मजुमदरलाई ५० टिएमसीका कार्यकर्ताले घरेर लात्ताले हाने’ उनीहरूलाई कारबाही हुनुपर्छ,’ उनको पत्रमा भनिएको छ | तृणमूल कंग्रेसका सासंद परमनाथ रोयको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन गराइएको थियो ।| निर्वाचनको मत परिणाम मंगलबारसम्म आइसक्ने भारतीय सञ्चार माध्ययमले जनाएको छ ।एजेन्सी ।
२०७६ मंसिर ९ गते साँझ ६ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology