समायोजन खबर सोलुखुम्बु,
सोलुखुम्बुको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको छ । बिहीबार विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको राष्ट्रिय भुकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महसुस भएको छ । क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए । विहिबारको भुकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।
२०७६ भदौ ५ गते बिहान ९ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology