समायोजन खबर काठमाण्डौ,
सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै महँगो हो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ । समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ ।
२०७६ साउन २२ गते मध्यान्ह १२ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology