समायोजन खबर काठमाण्डौ,
शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार तराईका केही भूभागमा ठूलो पानी पर्ने र अन्य भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शुक्रबार राति पनि सामान्य बदलीको सम्भावना रहेकाले पहाडी तथा तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तलतिर सर्दै गएकाले अबको केहीदिन मौसमी गतिविधि केही कमजोर हुने महाशाखाले जनाएको छ । शनिबार र आइतबार पनि देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।
२०७६ साउन १० गते बिहान ८ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology