• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धादिङमा जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दश घाइते

धादिङमा जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दश घाइते


समायोजन खबर
  • शुक्रबार, असार ६ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर धादिङ,
    जिल्लाको गल्छी गाँउपालिका– ६ बाँझगाउँमा आज दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो ।

    धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ ।
    २०७६ असार ६ गते अपरान्ह ४ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology