समायोजन खबर खोटाङ, खोटाङमा विधार्थी छात्रालाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ परेका छन्।
दिक्तेल इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीया वालिकालाई आफ्नै कोठामा जर्बजस्ती करणी गर्ने सोही बोर्डिङमा कार्यरत शिक्षक सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका-१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन्।
शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाई दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। घटनापछि बालिकालाई शिक्षक खत्रीले तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले जनाएको छ।
पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटना वारे जानकारी पाएका थिए। घटनाको जानकारीपछि पीडित बालिकाको बुवा र काका पीडकको कोठामा पुगेर प्रहरीको जिम्मा लगाएका थिए।
बालिकाको स्वास्थ्य परीक्षणपछि पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरिएको छ। आईतबार(आज) खत्री विरुद्ध म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी,प्रहरी निरिक्षक सुशान्त मिश्रले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology