समायोजन खबर झापा,
काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महन्वाकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् ।

होटलको सरसफाई गरेरै मासिक खान बस्न र १० हजार भन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छाक खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।
२०७६ असार २ गते बिहान ८ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology