• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज पनि हिजो जस्तै गर्मी

आज पनि हिजो जस्तै गर्मी


समायोजन खबर
  • आइतबार, असार १ २०७६

  • फाईल तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    आज पनि हिजो जस्तै गर्मी छ । आइतबार बिहान ८ : ४५ बजे काठमाण्डौको तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी बढेपछि बारा जिल्लाभरिका र वीरगञ्ज नगरभरिका विद्यालय एकहप्ताका लागि बन्द गरिएको छ ।

    आइतबार केही ठाउँमा दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख पूर्वी तथा पश्चिमी भेगमा सामान्य बदली हुने र मध्य क्षेत्र लगायतका केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ । यस्तै राती पनि मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

     

    यो हप्ता मनसुन भित्रने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखबाटै मनसुन भित्रने भए पनि यो वर्ष अलि ढिला मनसुन भित्रने भएको हो । यो वर्ष भारतमा पनि मनसुन ढिला भित्रिएकाले नेपालमा पनि ढिला भित्रने भएको मौसमविद् कँडेलले बताउनुभयो ।

    २०७६ असार १ गते बिहान ९ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology