समायोजन खबर काठमाडौं
आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।
२०७६ जेठ १३ गते अपरान्ह ३ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology