• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतको महाराष्ट्रमा माओवादी आक्रमण, १५ सुरक्षाकर्मीसहित १६ जनाको मृत्यु

भारतको महाराष्ट्रमा माओवादी आक्रमण, १५ सुरक्षाकर्मीसहित १६ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, बैशाख १८ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    भारतमा आज माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो । मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् ।

    डाँडापुर सडक हुँदै कोर्चीतर्फ गइरहेको सुरक्षाकर्मीको दुई गाडीलाई लक्षित गरी बिस्फोट गराइएको थियो । विस्फोटमा अन्य सुरक्षाकर्मी समेत घाइते भएका छन् । गत वर्ष सुरक्षाकर्मीले भाम्रघार जिल्लामा चलाएको कारबाहीमा ४० जना माओवादी लडाकुको ज्यान गएपछि त्यसकै बदलामा यो विस्फोट गराइएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उद्धारकर्मी पुगिसकेका छन् । घाइतेलाई अस्पतालमा पु-याइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको भत्र्सना गर्दै सुरक्षाकर्मीको बलिदानलाई नबिर्सने बताउनुभएको छ । महाराष्ट्रको गढचिरौली माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।
    २०७६ बैशाख १८ गते साँझ ५ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology