• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानी राजा अकिहितोद्वारा पद त्याग

जापानी राजा अकिहितोद्वारा पद त्याग


समायोजन खबर
  • मंगलबार, बैशाख १७ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    जापानका राजा अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा आज आयोजित एक ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपम अन्तिम पटक सम्बोधन गर्दै राजगद्दी छोडेको घोषणा गर्नुभयो । जापानको २ सय वर्षको शाही इतिहासमा राजगद्दी छोडने उहाँ पहिलो राजा पनि बन्नुभएको छ ।

    ८५ वर्षका राजा अकिहितोले आफ्नो राजा पद छोड्नका लागि कानून बनाएर अनुमति लिनुभएको थियो । बढ्दो उमेर र खस्किदो स्वास्थ्यलाई ध्यानमा राख्दै उहाँले राजाको पद त्यागेर आफ्नो छोरा युवराज नारोहितोलाई जिम्मेवारी दिनुभएको छ । युवराज नारोहितोले भोली एक समारोहकाबीच राजाको जिम्मेवारी लिनुहुनेछ ।
    २०७६ बैशाख १७ गते साँझ ६ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology