• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जमिनमुनी तार विच्छाउने काममा ठेक्का प्रक्रिया नै बाधक

जमिनमुनी तार विच्छाउने काममा ठेक्का प्रक्रिया नै बाधक


समायोजन खबर
  • शुक्रबार, बैशाख ६ २०७६

  • फाइल तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    राष्ट्रिय विद्युत प्राधिकरणले जमिनमुनी विद्युतिय तारहरु बिच्छ्याउन ढिलाई हुनुको कारण ठेक्का प्रक्रियाको कारणले भएको बताएको छ । तार बिच्छ्याउने काम केही समय अगाडि नै सुरु गरिसक्नु पर्ने भएपनी ठेक्का गर्ने प्रक्रिया लामो भएकाले तार बिच्छ्याउने काम गर्न ढिलाई भएको प्राधिकरण कार्यकारी प्रमुख कुलमान घिसिङ्गले बताउनुभयो ।

    पहिलो चरणका काठमाण्डौं उपत्यकाबाट तार बिच्छ्याउने काम सुरु गर्न लागेको प्राधिकरणले केही समयपछि पर्यटकिय देशका विभिन्न पर्यटकिय स्थलमा तार बिच्छ्याउने काम सुरु गर्ने उहाँले बताउनुभयो । अबको दुई महिना भित्र तार बिच्छ्याउने काम सुरु भैसक्ने उहाँको भनाई छ । विद्युत् प्राधिकरणले गाडेको पोलमा अन्य सेवा प्रदायकले समेत जथाभावी तार तानेर शहरको सुन्दरता बिगारेको र दुर्घटनाको जोखीम बढेको भन्दै केहि समय अघि तार भुमिगत गर्ने योजना अघि सारेको थियो । तर ठेक्का प्रक्रिया लम्बिदा भने तार बिच्छ्याउने काम अलपत्रमा परेको छ ।
    २०७६ बैशाख ६ गते बिहान ९ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology