समायोजन खबर काठमाण्डौ,
सगरमाथाको उचाईको मापनको नतिजा २०१९ को अन्तिममा आउने भएको छ । गत साल फागुन २५ गतेदेखि सुरु भएको सगरमाथा उचाई मापनको अन्तिम नतिजा २०१९ को अन्तिम सम्म सकिने र अन्तिम नतिजा आउने नापी विभागले जनाएको छ ।

सगरमाथाको उचाई मापनमा सबै जना सक्रिय रुपमा लागेकाले उचाई मापनको नतिजा तोकिएकै समयमा ल्याउने तयारी रहेको सगरमाथाको उचाई मापन कार्यक्रमका संयोजक शुशिल डंगोलले जानकारी दिनुभयो । यस्तै नापी विभागले सगरमाथाको उचाई मापन कार्य नसकिएकाले सगरमाथाको उचाई घट्यो भन्ने कुरालाई नपत्याउन सबैमा आग्रह गरेको छ । सगरमाथाको उचाई मापनको काम नसकिएकाले अहिले यस्तो कुरामा विश्वास नगर्न विभागले आग्रह गरेको हो । ३५ जनाको टोली सगरमाथाको उचाई मापनको लागि खटिएको विभागले जनाएको छ ।
२०७५ चैत्र १६ गते बिहान ९ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology