• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जहाज दुर्घटनामा एक सय जनाको मृत्यु

जहाज दुर्घटनामा एक सय जनाको मृत्यु


समायोजन खबर
  • शनिबार, चैत्र ९ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ ।

     

    नयाँ वर्षको उत्सव मनाउन तिनीहरू एउटा पर्यटकीय टापूतर्फ गइरहेको बताइएको छ। मोसुलको जनसुरक्षा निकायले अधिकांश यात्रु पौडिन नजान्ने रहेको पनि जनाएको छ। मृत घोषित भइसकेका ९४ जनामध्ये कम्तिमा १९ जना बालबालिका र ६१ जना महिला रहेका छन् भने ५५ जनालाई सकुशल उद्धार गरिएको थियो। सो जहाज मोसुलको मध्यभागदेखि करिब ४ किमि उत्तरमा पर्ने पर्यटकीय क्षेत्रमा रहेको उम रावायन टापूतर्फ गइरहेको थियो।


    सो क्षेत्रका मानिसहरू नयाँ वर्ष नोरुज मनाउनमा व्यस्त रहेका छन्। सो जहाजका एकजना यात्रुले क्षमताभन्दा बढी यात्रु चढाइएकाले भारी वजनको कारण जहाजभित्र पानी पसेको बताएका छन् । एजेन्सी
    २०२७ चैत्र ९ गते अपरान्ह ३ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology