• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना


समायोजन खबर
  • मंगलबार, चैत्र ५ २०७५

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    आज काठमाण्डौसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    प्रिमनसुनी समय भएकाले बेलुकीपख भने मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण सोमबार दिउँसो पनि काठमाण्डौ उपत्यकालगायतका विभिन्न ठाउँमा पानी परेको थियो ।


    मंगलबार पनि स्थानीय वायुका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । बुधबारदेखि मौसम सफा हुँदै जाने उहाँको भनाई छ ।
    २०७५ चैत्र ५ गते बिहान ७ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology