समायोजन खबर काठमाण्डौ,
भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । ६३ वर्षका पर्रिकरको प्यानक्रियाटिक क्यान्सरका निधन भएको हो । एक वर्षदेखि यस रोगबाट पीडित पर्रिकरको हिजो उपचारको क्रममा अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतीय जनता पार्टीका तर्फबाट गोवाको मुख्यमन्त्री बन्नुभएका पर्रिकर आईआईटी इन्जिनियर हुनुहुन्थ्यो । उहाँको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द मोदीले दुःख व्यक्त गुर्नभएको छ । प्रधानमन्त्री मोदीको राम्रो साथीको रुपमा रहनुभएका पर्रिकरको निधनपछि आज भारतमा राष्ट्रिय शोकको घोषणा गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०७५ चत्र ४ गते बिहान ९ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology