समायोजन खबर काठमाण्डौ,
आफूमाथिको प्रतिबन्ध पूर्णरुपमा हटाउन उत्तर कोरियाले गरेको आग्रह अमेरिकाले अस्विकार गरेपछि दुई देशका कार्यकारी प्रमुखबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको पछिल्लो वार्ताले दुई देशबीचको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको थियो । वार्ता प्रतिबन्धमै केन्द्रित भयो ।
प्रतिबन्ध पूर्णरुपमा हटोस भन्ने कोरियाको मागलाई अमेरिकाले अस्वीकार गरेको थियो । वार्ताले परमाणु हतियार निशस्त्रीकरण गर्ने सम्बन्धमा सहमति जुटाउन सक्ने अपेक्षा गरिएको थियो । यी दुई कार्यकारी प्रमुखले दोस्रोपटक वार्ता गरेका हुन् । ट्रम्पले तेस्रो वार्ताका लागि कुनै योजना नभएको बताउनुभएको छ ।
२०७५ फागुन १६ गते साँझ ६ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology