समायोजन खबर काठमाण्डौ,
सरकारले किसानलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । राष्ट्रिय सभाको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आगामी आर्थिक वर्षबाट परिचय पत्र वितरण गर्ने योजना तय गरिएको जानकारी दिनुभएको हो ।
कृषि मन्त्री खनालले कृषकका नाममा गैर कृषकले सेवा सुविधा लिइरहेकाले यस्तो गर्न लागिएको बताउनुभयो । यसैवीच राष्ट्रियसभा बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यस सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
२०७५ फागुन १५ गते बिहान १० :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology