समायोजन खबर काठमाण्डौ,
काश्मिरमा भएको आक्रमणको बदला स्वरुप भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गर्दा ३ सय बढि विद्रोहि मारिएको भारतले दावी गरेको छ । काश्मिरको पुलवामामा गत फागुन २ गते विद्रोहीले आक्रमण गर्दा ४५ जना भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले सो बम खसालेको स्वीकार गरेको छ । काश्मिरसँगै रहेको बालाकोटमा १२ भारतीयवायु सेनाको विमानले एक हजार किलोको बम खसालेको हो । पुलवामा आक्रमणको जिम्मा लिएको पाकिस्तान स्थित जैश ए मोहम्मदको संगठनलाई लक्षितगरि आज बिहान भारतीय वायु सेनाले संगठनको विभिन्न शाखामा बम खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बम आक्रमणमा परि संगठनका कमाण्डर समेत ३ सय बढि विद्रोहि मारिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । पाकिस्तानमा भारतद्वारा गरिएको आक्रमणपछि पाकिस्तानी सांसदहरुले पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा चर्को नारावाजी गरेका छन् । पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतको आक्रमणको पाकिस्तानले जवाफ दिने चेतावनी दिनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा कुरैशीले भारतले पाकिस्तानको सम्प्रुभता उल्लघंन गरेको भन्दै पाकिस्तान चुप लागेर नबस्ने र आक्रमणको जवाफदिने बताउनुभयो ।
२०७५ फागनु १४ गते साँझ ७ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology