समायोजन खबर काठमाण्डौ,
संयुक्त राष्ट्रसंघले साउदी अरेबियाका पत्रकार जमाल खाशोग्जीको हत्या साउदी अरेबियाकै अधिकारीको योजनाअनुसार भएको दावी गरेको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्जीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियतबाटै भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रसंघको टोलीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै साउदी अरेबियाकै अधिकारीको संलग्नतामा हत्या भएको जनाएको हो । साउदीका पत्रकार खाशोग्जीको हत्या गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको थियो । संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गरेको छ ।
२०७५ माघ २५ गते बिहान ९: ०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology