समायोजन खबर काठमाण्डौ,
प्रतिनिधीसभाको बैठक आज बस्दैछ । आज सांसदहरुले उठाएका विभिन्न जिज्ञासामा मन्त्रीहरुले जवाफ दिनेछन् । गृहमन्त्री रामबहादुर थापा मुलुकको शान्तिसुरक्षाको स्थितिबारे सांसदका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदै हुनुहुन्छ । संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् । मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ ।
सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन्। प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन् । तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् । बैठक दिउँसो १ बजे बस्नेछ ।
२०७५ माघ २३ गते बिहान ९ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology