• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दाङमा बस दुर्घट्ना ९ जनाको मृत्यु

दाङमा बस दुर्घट्ना ९ जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, पौस ६ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं,
    सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला ८ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

     

    दुर्घटनास्थलमा प्रहरी पुगेर उद्दार सुरु गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली खटिएको छ । दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।
    २०७५ पुस ६ गते साँझ ६: ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology