• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापान को जीवन शैली

जापान को जीवन शैली


समायोजन खबर
  • सोमबार, मंसिर १० २०७५

  • शेर बहादुर भुजेल

    ब्याज, बिल र थकानले थिचिन् छ जापान मा अचानोको पीर खुकुरीले जान्दैन’ भनेजस्तै सोचेजस्तो र भनेजस्तो कहाँ छ र, जापान को जीवनशैली !
    जीवन जति बुझ्यो, उत्ति गाह्रो । सपना, चाहना, इच्छा, आकांक्षासँगै पाइलैपिच्छे थुप्रै खुड्किला छन् । ती खुड्किला त्यति सहज छैनन् र असहज पनि छैनन् । जीवन र जीवनशैली ब्याजैब्याज र बिल भुक्तानीमै बित्ने गर्छ । ब्याजै ब्याज र बिल भुक्तानीको खुड्किलाबीच लामो नदीजस्तै जीवन र जीवनशैली बगिरहेको हुन्छ । बिल र ब्याजको संयोजन बडो अचम्मको छ । आइतबार एक दिनबाहेक सोमबारदेखि शनिबारसम्म आफ्नो मेल बक्समा बिल आउँछन् ।
    ‘श्रम गर, कर तिर, सुविधा लिउ र कानुनको पालना गर’ यो नै एक ढंगले जीवन हो । मुख्यतः बस्नका लागि घरभाडा वा घर किनेपछि बैंक वा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक मोर्गेज, तिर्नुपर्ने विविध कर, बिमा, खाना, यातायात तथा सोखिन वस्तुहरूको उपयोग आदि नै मुख्य खर्च हुने ठाउँ हुन् । साथसाथै, मेडिकल तथा अस्पतालको बिल अर्को महँगो पर्छ टेलिफोन, बिमा, बिजुली, पानी, फोहोर व्यवस्थापन, गाडी, घरभाडा तथा शुल्क, क्रेडिट कार्ड, बैंकको शुल्क, मासिक एवं वार्षिक कर, विभिन्न सपिङ केन्द्रहरूको सहुलियत तथा सदस्यता शुल्क, अस्पतालको खर्च, खरिद गर्दा ब्याजमा लिइएका सामानहरूको मासिक, अर्धमासिक वा साप्ताहिक शुल्क आदि नै मुख्य खर्चका बिल हुन् । जुन आइतबारबाहेक हरेक दिन मेल–बक्समा आइपुग्छन् । जसमा रकम तिर्नुपर्ने अन्तिम दिन तोकिएको हुन्छ । तोकिएको दिनमा नतिरे ढिलासुस्तीबापतको जरिवाना लगाउँछ । त्यसभित्र पनि नतिरे सेवा नै बन्द गरिदिन्छ । सेवा बन्द भएपछि पनि नतिरे क्रेडिट इतिहास हुन्छ, क्रेडिट मापन तथा निगरानी गर्ने तीनवटा निकायलाई खराब रिपोर्टिङ पठाइदिन्छ र त्यसपछि पनि नतिरे कलेक्सन डिपार्टमेन्टमा पठाइदिन्छ । त्यस डिपार्टमेन्टले तिर्नका लागि मौका दिन्छ । त्यो मौका गुमाएमा वा अटेर गरेमा डिपार्टमेन्टका मानिस आएर लिनुपर्ने रकम बराबरको जायजेथा लैजान्छन् । त्यसैगरी बैंकहरूले गाडी भए गाडी लगिदिने, घर भए घर लिलामीमा बेचिदिने गर्छन् । अन्य कम्पनी वा अस्पतालको बिल छ, तत्कालै असुल हुन सक्ने अवस्था छैन र धेरै पछि आम्दानी गरेछ भने त्यसैबाट असुल गरिछाड्छन् । सरकारी कर तिर्नुपर्नेछ भने पटकपटकको ताकेता अटेर गरेमा बैंकबाटै पैसा तानिदिन्छ वा बैंक खाता छैन भने कर विभागले घरमै आई जायजेथा उठाइदिन्छ । सेवा सुविधा लिएपछि तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा जीवनमा ठूलो क्षति व्यहोनुपर्ने हुन्छ ।
    भविष्यमा अन्य लाभ लिन खोज्दा, ऋण लिन खोज्दा, सापटी लिन खोज्दा, गाडी वा घर आदि खरिद गर्न खोज्दा, क्रेडिट कार्ड वा सहुलियत कार्डहरू लिन खोज्दा सबैमा निषेध हुन्छ । ती सुविधाका लागि निवेदन दिँदा नै विगतको बिल भुक्तानी, ऋण वा सापटी नतिरेको, ढिला बुझाएको, बुझाउँदै नबुझाएकोजस्ता सबै फेहरिस्त सोसियल सेक्युरिटी नम्बर, ड्राइभर लाइसेन्स नम्बर, ठेगाना वा जन्ममिति टाइप गरेपछि ती कम्पनी, संस्था वा निकायले सबै कुरा कम्प्युटरको सिक्रनमै हेर्न सक्छन् । त्यसबाटै ती सुविधा प्राप्त गर्न सक्ने वा नसक्ने भन्ने थाहा हुन्छ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology