• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

झापाको लालझोडामा आगलागी, एकै परिवारका चारजनाको मृत्यु

झापाको लालझोडामा आगलागी, एकै परिवारका चारजनाको मृत्यु


समायोजन खबर
  • सोमबार, मंसिर १० २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    झापास्थित शिवसताक्षी नगरपालिका–७ लालझोडामा आगलागी हुँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । आगलागीमा परेर ३६ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र तीन महिनाको छोरो टिकाराम खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।

     

    आगलागी के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ । खनाल परिवारका सम्पूर्ण सदस्य सुतिरहेको अवस्थामा सोमबार आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जनाएको छ । घरमा चारै तिरबाट आगो लागिसकेको अवस्थामा गाउँलेले थाहा पाएका थिए । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । दमकल आएर आगो निभाउँदा परिवारका सबै सदस्यको ज्यान गइसकेको थियो ।
    २०७५ मंसिर १० गते बिहान ८  :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology