• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली कामदार निःशुल्क मलेसिया लैजानेगरी दुई देशबीच श्रम समझदारी

नेपाली कामदार निःशुल्क मलेसिया लैजानेगरी दुई देशबीच श्रम समझदारी


समायोजन खबर
  • सोमबार, कार्तिक १२ २०७५

  • फायल तस्विर

    समायोजन खबर खोटाङ,

    नेपाली कामदार निःशुल्क मलेसिया लैजानेगरी दुई देशबीच श्रम समझदारी भएको छ । कामदारको भर्ना, रोजगार र फिर्तासम्बन्धी आज काठमाण्डुमा आयोजित एक समारोहका बिच समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधन मन्त्री एमकुला सेगरनले हस्ताक्षर गर्नुभएको हो । वैदेशिक रोजगारीका लागि नेपाली कामदार मलेसिया जान थालेको करिब २ दशकपछि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

     

    सहमतिपत्रअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आउने जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्नेछ । विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै यसअघि करार अवधि ३ वर्षको रहँदै आएकोमा त्यसलाई २ वर्षको कायम गरिएको छ । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गते बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलव, भत्ता एवं. सुविधा पाउने सुनिश्चितता गर्नुका साथै अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक तथा सेवा सुविधा पाउने व्यवस्था सम्झौतापत्रमा गरिएको छ ।

     

    रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । नेपाली कामदार मलेसियाको विमानस्थलपुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने व्यवस्था सहमतिपत्रमा भएको छ । महिला कामदारको सम्वन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सहमति अनुसार कामदार र रोजगारदाताबीच श्रम सम्वन्धी कुनै विषयमा विवाद भई सम्वन्धित निकायमा मुद्दा विचारणीय रहेसम्मका लागि मलेसिया बस्न पाउने छन् । मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्यको मृत्यू भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइएको छ । कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा पनि लागू हुनेछ ।

     

    रोजगारका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्नेछ । दुवै देशका सरकारले आ–आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं. नियमन गरी थप व्यवस्थित गर्ने सहमति भएको छ । रोजगारदाता कम्पनीले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै शारिरीक तथा मानसिक हिंसा गरेमा कामदारले अर्को काम खोज्न पाउने छन् । सम्झौता समाप्त भएपछि कामदारले आफ्नो चाहनाअनुरुप रोजगारदाता छनौट गर्न सक्ने व्यवस्था सहमतिमा गरिएको छ । करार अवधि समाप्त भएपछि कामदार नेपाल फर्कन चाहेमा सोको लागि रोजगारदाता कम्पनीले हवाई टिकट उपलव्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । नेपाली कामदारले आफ्नो पासपोर्ट आफैसँग राख्न पाउने छन् ।
                                        २०७५ कार्तिक १२ साँझ ६ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology