• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालिका हत्याकाण्डले दिनभर अशान्त बन्यो कञ्चनपुर, राती कर्फ्यू

बालिका हत्याकाण्डले दिनभर अशान्त बन्यो कञ्चनपुर, राती कर्फ्यू


समायोजन खबर
  • बिहिबार, भाद्र ७ २०७५

  • समायोजन खबर भदौ/७ भीमदत्तनगर,

    कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर आज दिनभर अशान्त भएको छ । ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।

     

    प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए। प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि आज बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

     

    कफ्र्यु लागेपछि नेपाली सेनाको भरतपुर ब्यारेकका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कफ्र्यु जारी गरिएका क्षेत्रमा गस्ती थालेका छन् । झडपका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

     

    मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्घर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन् । तीन दिनदेखि भीमदत्तनगर बजार बन्द छ । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology