• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी पुगेपछि जानैपर्ने ‘रक गार्डेन’ (फोटोफिचर)

हलेसी पुगेपछि जानैपर्ने ‘रक गार्डेन’ (फोटोफिचर)


समायोजन खबर
  • आइतबार, भाद्र २ २०८१

  • रक गार्डेनमा फोटोसेसन गर्न बनाईएको वाबु(चिण्डो) र गजेबो(प्रतिक्षालय)

    समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका र तत्कालिन १ नम्बर प्रदेश(हाल कोशी प्रदेश)को साझेदारीमा बनेको रक गार्डेन हलेसी पुगेपछि जानैपर्ने हुन्छ।
    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित ककनीडाँडामा रहेको पर्यटकीयस्थल रक गार्डेन ढुंङगै–ढुंङगाको बगैचा हो। यहाँ विभिन्न आकृतिका हजारौ कलात्मक ढुंङगाहरु छन्। त्यही ढुंङगालाई नबिगारी सजिसजावट बनाएर बनाईएको रक गार्डेनमा मानव निर्मित विभिन्न संरचनाले गर्दा झन यो लोकप्रिय बनिरहेको छ।
    यहाँ फोटोसेसन गर्नलाई विभिन्न किसिमका फ्रेम, ढुङगाको गोलाकार गेट, आउटडोर जिमखाना, वाबु(चिण्डो), पानीको फोहोरा निकाल्ने पोखरी, आर्कषक गजेबो(प्रतिक्षालय) परगोला, साना तर आर्कषक फलैचाहरु, चिल्ड्रेनपार्क, ढुङगाको मुन गेट निर्माण गरिएको छ। घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, मेन गेट, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ। हाल घुम्नलाई कुनै टिकट पर्दैन।
    हलेसीबाट केही माथि रहेको रमणीय ककनीडाँडामा महादेवलाई भस्मासुरले लखेटेको साथै उनीहरूबीच भीषण युद्ध भएको किंवदन्ती छ। भस्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको स्थानमा कलात्मक ढुङगाहरू पैदा भएको धार्मिक मान्यता छ।रक गार्डेनबाट सगरमाथा हिमाल, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप र तराईका फाँटहरु सजिलै अवलोकन गर्न सकिन्छ। रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङकन गर्ने स्थलका रुपमा पनि लिन थालेका छन्।
    रक गार्डेन पुग्न प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसी पुग्नैपर्छ। हलेसी पुग्न काठमाण्डौबाट गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुंदै हलेसी आउन सकिन्छ।
    तराईका जिल्लाहरुबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट हुंदै हलेसी आउन सकिन्छ। धरान–धनकुटा–भोजपुर–चखेवाभन्ज्याङ–दिक्तेल हुंदै पनि हलेसी आउन सकिन्छ।
    हलेसी मन्दिरदेखि रक गार्डेन पैदल बढीमा २०/२५ मिनेटमा र सवारी साधनमा करीव १५ मिनेटमा पुगिन्छ।

    सम्बन्धित समाचार,ढुंगै,ढुंगाको बगैचा देख्नुभएको छ? हेर्नलाई हलेसी आउनुहोस

    सम्बन्धित समाचार, ढुङ्गै,ढुंङ्गाको बगैंचा निर्माण गरिदै (फोटो फिचर)

    सम्बन्धित समाचार, रक गार्डेनको शिलान्यास

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology