चिसाङ शेर्पा खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा बन्ने ढुङ्गे बगैचा (रक गार्डेन) को शिलान्यास गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकको केन्द्रविन्दु बनाउनलाई ककनीडाँडामा रहेका विभिन्न आकृतीका हजारौं कलात्मक ढुंगाहरु भएको ठाउँलाई ‘ढुङ्गे बगैचा’ बनाउनका लागि दुरी कायम गर्दै शिलान्यास गरिएको हो।
५६ रोपनी सरकारी जग्गामा निर्माण हुने ढुङ्गे बगैंचा अर्थात रक गार्डेनको आईतबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले संयुक्तरुपमा शिलान्यास गरेका छन् । बहुवर्षीय योजनामा निर्माण हुने गार्डेनको ५ करोडको डिपिआर तयार भएको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारीमा यसवर्ष ५० लाखको काम हुने जनाइएको छ ।
उपभोक्ता समितिले गरेको काम अर्को वर्षबाट टेण्डर आव्हान गरेर अगाडी बढाइने छ । त्रि–धार्मिकस्थल हलेसीबाट केही माथि रहेको रमणीय डाँडामा महादेवलाई भस्मासुरले लखेटेको साथै उनीहरूबीच भीषण युद्ध भएको किंवदन्ती छ । भस्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको स्थानमा कलात्मक ढुङ्गाहरू पैदा भएको भनिन्छ । यस क्षेत्रमा अन्य निर्माणका काम गरेर कलात्मक इतिहास बोकेको ढुङ्गा नष्ट गर्नुभन्दा ढुङ्गे बगैचाका रूपमा विकास गर्न लागिएको नगरप्रमुख राईले बताए ।

ढुङ्गे बगैचामा ढुङ्गालाई नबिगारी त्यसैलाई सजिसजाउ गरिने, ढुङ्गाको विचविचमा रङ्गीचङ्गी ढुङ्गा सुहाउँदो फुलहरु रोपिने, एक ठाउँबाठ अर्को ठाउँ जानलाई ढुंगाको ससाना ढुंङ्गे गेटहरु निर्माण गरिने, पिउने पानीका लागि ढुङ्गे धाराहरु निर्माण गरिने, थुम्का थुम्कामा पोखरीहरु बनाईने, विभिन्न रंगमा ढुङ्गाकै सजिसाजउ गरिने, सगरमाथातिर फोटो खिच्न ढुङ्गाको ससाना भ्यू गेट बनाइने, सवैतिर तारबार तथा वाल लगाईनेछ । कलात्मक ढुङ्गाहरुको सिँढीहरु निर्माण, अपाङ्गमैत्री यात्रा मार्ग, डाँडाहरुमा काठको फलैचाहरु निर्माण गरिने नगर उपप्रमुख बिमला राईले बताईन् ।
यस्तै, ढल र विजुली व्यवस्थापन, पिउने पानी, स्नान घर, विश्रामस्थल, भोजनालयको निर्माण गरिनेछ । प्राकृतिक रूपमा सिर्जित धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा दृश्यावलोकन गर्न पर्यटकहरूका लागि आवतजावत गर्न गाह्रो हुने देखिएकाले ढुङ्गे बगैचासँगैै केवलकारको अवधारणा पनि अगाडी सारिएको छ । केवलकार ठाउँसापेक्ष देखिने हुँदा ककनी डाँडाको ढुङ्गे बगैचा र तुवाचुङ डाँडाको किराँत सांस्कृतिक उद्गमस्थलसँग जोडिएको खण्डमा पर्यटकहरूलाई अवलोकन भ्रमण गर्न सहज हुने देखिन्छ । केवलकार जोड्नका लागि व्यक्तिगत २० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने जनाइएको छ । ककनीडाँडाबाट सगरमाथा हिमाल, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप लगायतका जिल्लाहरु अवलोकन गर्न सकिन्छ ।
यो पनि, ढुङ्गै, ढुंङ्गाको बगैंचा निर्माण गरिदै (फोटो फिचर)
२०७७ जेठ २५ गते अपरान्ह ३ : ५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology