• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रगनी स्वास्थ्य चौकीमा ११६ जनाको मोतिबिन्दु जाँच

रगनी स्वास्थ्य चौकीमा ११६ जनाको मोतिबिन्दु जाँच


समायोजन खबर
  • सोमबार, असोज २४ २०७९

  • समायोजन खबर खोटाङ,ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–१ गैरागाउँको रगनीमा ११६ जनाको निःशुल्क मोतिबिन्दु जाँच गरिएको छ। खिजिदेम्वा गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाण्डौको सहकार्यमा सोमबार रगानी स्वास्थ्य चौकीमा एकदिने शिविरको आयोजना गरी मोतिबिन्दु जाँच गरिएको होे।

    शिविरमा ११६ जनाको मोतिबिन्दु जाँच गर्दा ८ जनामा मोतिबिन्दु भएको पहिचान भएको छ। उहाँहरुको कार्तिक १ र २ गते खिजिफलाटे बजारमा निःशुल्क शल्यक्रिया गरिनेछ। ८ जनाले पावरवाला चस्मा लैजानुभएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो।

    मोतिबिन्दु तथा आँखामा मासु पलाएकाहरुको नाम र ठेगाना टिपेर सम्पर्कमा राखिएको छ । गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘अपरेशनका दिन वडाले उहाँहरुलाई लिएर आउनुहुनेछ। र, अपरेशनपछि घर पु¥याउनुहुनेछ।’
    आफ्नै घरगाउँमा आँखामा मोतिबिन्दु भए/नभएको निःशुल्क जाँच गराउन पाउँदा स्थानीयहरु खुशी भएका छन्। गाउँपालिकाले नौ वडामै निःशुल्क मोतिबिन्दु जाँच शिविर गर्दैछ। शनिबार वडा नं. ९ फाप्रेबाट शिविर सुरु गरिएको हो। फाप्रे शिविरमा १२७ जनाको मोतिबिन्दु जाँच गराउँदा ७ जनामा मोतिबिन्दु देखिएको थियो। ५० जनाले पावरवाला चस्मा लगेका थिए।

    नयाँबस्तीमा ८६ जनाको निःशुल्क मोतिबिन्दु जाँच गर्दा ५ जनामा मोतिबिन्दु भेटिएको र ७ जनाले पावरवाला चस्मा लगेका थिए। भोली असोज २५ गते खिजिदेम्वा गाउँपालिका–३ चण्डेश्वरी, २६ गते खिजिदेम्वा गाउँपालिका–५ खिजीफलाटे बजार, २७ गते खिजिदेम्वा गाउँपालिका–७ बुक्तेल, २८ गते खिजिदेम्वा गाउँपालिका–४ काती, २९ गते खिजिदेम्वा गाउँपालिका–६ बन्से र ३० गते खिजिदेम्वा गाउँपालिका–८ भुसिङगामा निःशुल्क मोतिबिन्दु जाँच शिविर हुने गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology