समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका लगातार सम्मानित भएका छन्। जिल्लाको दुई नगरपालिकामध्ये हलेसी, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समितिबाट सम्मानित भएका हुन्।
आर्थिक वर्ष २०८१/०८२ मा देशभरका नगरपालिकामध्ये संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा ९० अंक ल्याई उल्लेखनीय कार्य सम्पादन गरेकाले सोको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको नगरपालिका संघले जनाएको छ।
संघको ३३ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाण्डौमा प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले मेयर बिमला राईलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नुभएको थियो। यस्तै, जिल्ला समन्वय समिति खोटाङले नगरपालिकालाई गत बुधबार सम्मान गरेको थियो।
महिला सशक्तिकरण तथा बालिका संरक्षण कार्यक्रम गरेकाले सोको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताए । दशौं जिल्ला सभामा प्रतिनिधिसभा सदस्य आरेन राईले उपमेयर रमेश कुमार राउतलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।
नगरपालिकाले लगातार सम्मान पाएपछि चौतर्फी प्रशंसा भईरहेको छ। उक्त नगरपालिकामा मेयर राई र उपमेयर राउत कांग्रेसबाट निर्वाचित भएका हुन्। मेयर राई भने उपमेयरबाट मेयरमा निर्वाचित भएकी हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology