• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने


समायोजन खबर
  • मंगलबार, साउन २४ २०७९

  • नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    समायोजन खबर, जापान भ्रमणमा रहनुभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ।

    पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो।

    उहाँले भन्नुभयो, ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भन्नुभयो, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला।’

    पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भन्नुभयो, ‘मलाई चुनाव लड्नपर्‍यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ’ उहाँले भन्नुभयो, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ। तर, मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु।’’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology