समायोजन खबर, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीतर्फ इङ्गित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने टिप्पणी गर्नुभएको छ।
सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताउनुभयो।
वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गर्नुभयो। उहाँँले भन्नुभयो, ‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन्। चार दिन काम गर्न पाएका छैनन्, उसलाई हटाउनुपर्ने, फेरि–फेरि पालैपालो पुर्याउनुपर्ने पनि पार्टी सिस्टम हो रु समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? कसरी आउँछ रु हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ कि आउँदैन त्यो महत्त्वपूर्ण कुरा छ।’
नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृत्ति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता, कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology