• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

७ घण्टापछि सुरु भयो पोखराको मतगणना

७ घण्टापछि सुरु भयो पोखराको मतगणना


समायोजन खबर
  • मंगलबार, जेष्ठ १० २०७९

  • समायोजन खबर, पोखरा महानगरपालिकामा मतगणना रोकिएको सात घण्टापछि फेरि सुरु भएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ ।

    पोखरा–१८ मा नौ मत हराएको भन्दै मङ्गलवार दिउँसो १२ बजेदेखि नेकपा एमाले रोकेको थियो । त्यसमा कानुनअनुसार प्रक्रिया अगाडि बढाउने र अरू वडाको मतगणना नरोक्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताउनुभयो ।

    पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो ।

    त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology