समायोजन खबर, पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका प्रतिनिधि मतगणना स्थलमा नगएपछि मतगणना रोकिएको हो । पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना रोकिएको छ।
पोखरा(१८ मा खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ । त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत नौ कम थियो। त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएको थियो।
वडा नम्बर १८ मा चार हजार तीन सय ४८ खसेकोमा चार हजार तीन सय ३९ मतगणना भएको थियो। मतपरिणामअनुसार एमालेका थापाले एक हजार ६ सय ४० र कांग्रेसका तिमिल्सिनाले एक हजार ६ सय ४३ मत ल्याउनुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology