• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘यूटर्न’ भयो माओवादी : गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्‍याउन तयार

‘यूटर्न’ भयो माओवादी : गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्‍याउन तयार


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १३ २०७८

  • नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    समायोजन खबर,नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्न आफ्नो पछिल्ला अडानबाट यूटर्न भएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ। गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ।

    प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन। यस्तो अवस्थामा एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिनुभएको थियो।

    गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

    माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएका छन्। आजको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

    माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पु¥याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ।

    एमसीसीको विपक्षमा मतदान र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको अस्वीकार

    यस्तै माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिनेछ। गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएका छन्।

    धनगढी पुग्नुभएका नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गर्नुभएको थियो। काठमाडौँ फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्नुभएको छ।

    सत्तारुढ गठबन्धनका नेताहरुको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन्। एमसिसी सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ दलबीचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन्। संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारुढ दलकाबीचमा पनि समान धारणा नबन्दा महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन।

    सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ। कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आजको बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो। मन्त्री बडूको आग्रहमा नै आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ।

    हामी एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गर्छौं : प्रचण्ड

    एमसिसी सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहीबार प्रमुख राजनीतिक दलहरुका विभिन्न बैठक भए। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरुबीच पनि छलफल भएको थियो। साँझ पुनःप्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन।

    यो अवस्थामा सत्तारुढ दलहरुबीच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ। यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारुढ दलका नेताहरुले बताएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology