• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज बस्ने संसद् बैठकका लागि कडा सुरक्षा व्यवस्था,संसद भवन पर्खालमा काडेतार

आज बस्ने संसद् बैठकका लागि कडा सुरक्षा व्यवस्था,संसद भवन पर्खालमा काडेतार


समायोजन खबर
  • बिहिबार, फाल्गुन १२ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, आज विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। संसद् बैठकमा एमसीसी टेबल भएको दिन गएको आइतवार प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।

    आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ। सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो।

    संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology