समायोजन खबर,सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु ले सत्ता गठबन्धन नटुट्ने बताउनुभएको छ।
आज सोमवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो। उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुङ्गिने बताएको जानकारी दिनुभयो। बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताउनुभयो।
अध्यक्ष दाहालले भन्नुभयो, ‘उहाँले यो गठबन्धन पनि बचाउनुपर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो। मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुङ्गिन्छ भनेँ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology