• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज पहाडी क्षेत्रमा मौसम बद्ली

आज पहाडी क्षेत्रमा मौसम बद्ली


समायोजन खबर
  • मंगलबार, माघ १८ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरो दिउँसोपख हट्नेछ।

    आज दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ। प्रदेश(१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ।

    भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो। पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    चिसो पनि थप बढ्ने मौसमविद् बासीले बताउनुभयो। जल तथा मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology