• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोनाबाट एकैदिन ३२ जनाको मृत्‍यु

नेपालमा कोरोनाबाट एकैदिन ३२ जनाको मृत्‍यु


समायोजन खबर
  • आइतबार, माघ १६ २०७८

  • समायोजन खबर, कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिनु भएको हो।

    उहाँका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ। पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा. मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology