समायोजन खबर, शैक्षिक संस्था माघसम्कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो।
यस्तै विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ। साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ।
यस्तै, बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। सार्वजनिक गाडीमा भिड बढ्दा कोरोनाको जोखिम झनै बढेको छ। ‘जिल्ल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैँ पनि जोर–बिजोर हटाउन सक्ने भन्दै ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रीपरिषदमा सिफारिस गरिएको सीसीएमसीसीले जनाएको छ। निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ। यस्तै यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology