समायोजन खबर, नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो।
सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू रहेको कार्यसम्पादन समिति बनाइएको छ। कांग्रेसमा १३ जना पदाधिकारी छन् भने कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ।
कार्यसम्पादन समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा सदस्य हुनु हुन्छ।
त्यसैगरि शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्य हुनु हुन्छ। कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology