• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आइतबारसम्म मौसम धुम्मिने, आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

आइतबारसम्म मौसम धुम्मिने, आज पनि हल्का वर्षा र हिमपातको सम्भावना


समायोजन खबर
  • शुक्रबार, माघ ७ २०७८

  • समायोजन खबर, आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन्। मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ।

    आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो।अहिले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ।

    यस्तै, राति पनि देशका एकरदुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।

    हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ। अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन। तर अधिकतम तापक्रम घट्दा पनि चिसो बढ्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology