समायोजन खबर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ। ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारी र सुनबर्षीमा २–२, कटहरी, धनपालथान र रतुवामाईमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो।
प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology