• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पूर्णबहादुर खड्का र धनराज गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित

पूर्णबहादुर खड्का र धनराज गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित


समायोजन खबर
  • बिहिबार, पौस १ २०७८

  • समायोजन खबर, नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको हो ।

    देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनुभएको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्नुभयो । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभयो ।

    १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिनुभएको थियो । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको नतिजा सार्वजनिक भइसकेको छ भने अब महामन्त्री पदको मतगणना बिहीबार विहान ९ बजेदेखि हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology