• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार मन्त्रीले लिए शपथ

चार मन्त्रीले लिए शपथ


समायोजन खबर
  • शुक्रबार, चैत्र २७ २०७७

  • समायोजन खबर खोटाङ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजनवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

    नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो ।

    उहाँहरु यसअघि तिनै मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

    उहाँहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध हुनुभएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त हुनुभएको घोषणा गरिएको थियो । सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उहाँहरुलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology