• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन


समायोजन खबर
  • आइतबार, साउन ३२ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

    आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उहाँले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गर्नुभएको छ ।उहाँले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गर्नुभएको छ । उहाँले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

    भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उहाँले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गर्नुभएको छ । पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहनुभएका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको हुनुहुन्थ्यो । उहाँको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

    उहाँ ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय हुनुहुन्थ्यो भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र हुनुहुन्थ्यो ।(रासस/एएनआई)२०७७ साउन ३२ गते दिउँसो ४ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology