समायोजन खबर खोटाङ, कतारमा सन् २०२२ मा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।
प्रतियोगिताको समूह चरणका बेला चार वटा खेल हुनेछन् । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन् ।
कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।२०७७ साउन १ गते विहान ७ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology