• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवले जनायो समर्थन

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवले जनायो समर्थन


समायोजन खबर
  • मंगलबार, असार १६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,  नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका छन् ।

    बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ‘ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

    यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गर्नुभएको छ । ‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नुभयो, झलनाथ र वामदेव कमरडेले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य तथ्य माग गर्नुभएको छ, उहाँहरुले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नुभएको छ’, एक स्थायी कमिटी सदस्यले  भने । उज्यालोको सहयोगमा ।२०७७ असार १६ गते साँझ ६ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology