समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्ष कांग्रेसले नागरिकता संशोधन विधेयकमा फरक मत राख्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका साथ नागिरकता विधेयक पारित भए पनि पार्टीले फरक मत राख्ने निर्णय गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको छ । आज बस्ने राज्य व्यवस्था समितिको बैठकले विदेशबाट विवाह गरेर आएकी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्थासहितको विधेयक संशोधन पारित गर्दैछ ।
यसमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सहमति जनाएका छैनन् । यस्तो व्यवस्था भए सामाजिक द्वन्द्व बढ्ने र विभेद हुने दुई पार्टीको अडान छ ।२०७७ असार ७ गते अपरान्ह ३ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology