चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको अल्छेढुंगामा पुनः ढलानको काम सुरु भएको छ । सो रुटको सडकमा दुईवर्ष अघि गरेको आरसीसी ढलान पाँच महिना नटिकेपछि फेरी त्यही अल्छेढुंगाको बरमुनी घुम्तीमै करीब २० मिटर आरसीसी ढलानको काम सुरु भएको हो ।
घुम्तीको आरसीसी ढलानसँगै अल्छेढुंगा–अस्पताल चोकसम्मका कजवेहरुमा ढलानको मात्र काम पनि भइरहेको छ । अहिले भने पूर्वाधार विकास कार्यक्रम उदयपुरबाट बिनियोजित भ्याट सहित ४४ लाख ६ हजार ३६८ रुपैयाँ बजेटबाट मर्मत शिर्षकमा र्अथ बिल्र्डस कन्ट्रक्सनले अल्छेढुंगाको घुम्तीमा आरसीसी ढलान र त्यहाँबाट अस्पताल चोकसम्मका कजवेहरुमा ढलान गरिरहेको कन्ट्रक्सनका सञ्चालक शशी कुमार राईले बताए ।
केही समय अघिबाट सुरु भएको काम असार मसान्तमा सम्पन्न गर्नुपर्नेछ । कामको गुणस्तरमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको साइड इन्जिनियर कपिल आचार्यले दाबि गरे । २०७५ सालमा तत्कालिन रुपाकोट मझुवागढी नगरपालिकाको तीन लाखमा संगम निर्माण सेवाले अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडक आरसीसी ढलान गरेको थियो । तर, ढलान समापन भई ०७५ सालको माघ ७ गतेबाट सञ्चालनमा आएकोमा ढलान फुट्ने, उक्कने, चिराचिरा हुदैं अन्तिममा आरसीसी ढलानको नामोनिशान नै हराएकोे थियो ।
यो पनि,अल्छेढुंगामा ढलान कमसल भएपछि रड निस्कियो, यस्तो छ सडकको हबिगत
रत्नपार्क–चखेवा भञ्ज्याङबाट जिल्ला अस्पताल जानलाई उक्त घुम्तीमा साना तथा ठूला गाडीहरु चलाउन समस्या हुंदा २०७५ सालमा नगरपालिकाले चप्लेटी ढुंगा माथी आरसिसी ढलान गर्न बजेट छुट्याउँदा निर्माण व्यवसायीको लापारबाही र छलछामले बजेट स्वाहा गर्ने मात्रै काम भएको थियो । उसबेला नगरपालिकाकै इन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार गुणस्तरीय प्रमाणित गरेको ढलान तीन महिनामै भत्किदै भत्किदै गएपछि इन्जिनियर हाँसोका पात्र बनेका थिए ।
दुईवर्ष अघि निर्माण कम्पनीको चरम लापारबाहीले बनेको पाँच महिना नपुग्दै ढलान फुट्ने, उक्कने र चिराचिरा हुदैं ढलान गरेको भनिएको सडक धुलो सडकमा परिणत भएपछि फेरी त्यही सडकमा बजेट पारेर ढलान भईरहंदा अबको ढलान कति टिक्ला भन्नेमा गहकिलो प्रश्न उठेको छ । मुलुक संघिय संरचनामा गईसक्दा नगरपालिका आसपासमै बिकासका गतिविधिमा चरम लापारबाही हुनुले त्यो बेला नगरपालिकाको आलोचना भएको थियो ।
यो पनि,अल्छेढुंगा-अस्पताल सडक, ढलान गरिएको रड कचिया, कूटो बनाउनमा प्रयोग
२०७७ जेठ ३१ गते अपरान्ह ४ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology